नियम ६
शेयर, डिवेन्चर वा अन्य ऋणपत्रमा गरिने लगानीको हद
कुनै बैंक, वित्तीय संस्था वा संगठित संस्थाले जारी गरेको शेयर, डिवेन्चर वा अन्य कुनै किसिमको ऋणपत्र खरिद गर्दा उक्त बैंक, वित्तीय संस्था वा संगठित संस्थाको पूँजीको दश प्रतिशत वा कोषमा जम्मा रहेको पूँजीको दश प्रतिशतमा जुन घटी हुन्छ सोमा नबढ्ने गरी मात्र लगानी गर्न सक्नेछ । तर कुनै खास प्रयोजनको लागि खर्च गर्न कुनै संस्थाबाट कोषलाई प्राप्त भएको अनुदान रकम कुनै बैंक, वित्तीय संस्था वा संगठित संस्थाले जारी गरेको शेयर, डिवेन्चर वा अन्य कुनै किसिमको ऋणपत्रमा लगानी गर्नु परेमा त्यस्तो संस्थाको पूर्व स्वीकृति लिनु पर्नेछ र त्यसरी स्वीकृति लिइएकोमा दश प्रतिशतको बन्देज लागू हुने छैन ।